८ बैशाख २०८१, शनिबार

काठमाडौँमा बालेनले कटाए ८ हजार मत, केशवलाई निरन्तर पछ्याउँदै सिर्जना


केशव स्थापित, सिर्जना सिंह र बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले नै अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले ८०३७ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै ८ हजार मत भन्दा बढी मत ल्याएका हुन् ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४२५९ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३७०३ मत प्राप्त गरेकी छन् । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा ६ स्थानबाट कामपाको मत गणना कार्य भइरहेको छ ।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना कार्य जारी छ । वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !