७ बैशाख २०८१, शुक्रबार

काठमाडौँमा बालेनको अग्रता कायमै, केशवलाई पछ्याउँदै सिर्जना


केशव स्थापित, सिर्जना सिंह र बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले नै अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार साहले ७७७१ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन् ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४११३ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३५७३ मत प्राप्त गरेकी छन् । एमालेको तर्फबाट उपप्रमुख पदका उम्मेदवार सुनिता डङ्गोलले ६३४६, उपप्रमुखकै लागि नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १६९० मत प्राप्त गरेका छन् ।

हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा ६ स्थानबाट कामपाको मत गणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना कार्य जारी छ । वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।

परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय भएका छन् । त्यसैगरी वडा २ मा एमालेको तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजय भएका छन् । हाल कामपामा १८ हजार ८०८ मत गणाना भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !