७ बैशाख २०८१, शुक्रबार

पोखरामा गठबन्धनका आचार्यको अग्रता कायमै, पछ्याउँदै एमालेका थापा


धनराज आचार्य र कृष्ण थापा

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । जारी मतगणनामा १२०९७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ४८४८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४३५२ मत प्राप्त गरेर गठबन्धनका उम्मेदवार आचार्यलाई पछ्याउँदै छन् । गठबन्धनका आचार्यले ४९६ मतले अग्रता हासिल गरेका छन् ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४९९३ मतसहित अघि छिन् भने एमालेकी मञ्जुदेबी गुरुङले ४९३८ मतसहित उनलाई पछ्याएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !