४ बैशाख २०८१, मंगलबार

काठमाडौं महानगरमा बालेन साहको ३४७७ मतको फराकिलो अग्रता


बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह ३४७७ मतान्तरसहित अगाडि रहेका छन् । काठमाडौं महानगरमा हालसम्म लगभग १५ हजार मतगणना भई सकेको छ ।

स्वतन्त्र उम्मेदवार साहले ७३३९ मत प्राप्त गर्दा नेकपा (एमाले) का केशव स्थापितले ३८६२ मत पाएका छन् । यस्तै गठबन्धनवाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३५८ मत प्राप्त गर्दै एमालेका स्थापितलाई पछ्याउँदै छिन् ।

३ लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करिब १ लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !