१२ बैशाख २०८१, बुधबार

भरतपुरमा रेनुलाई ३७ मतले पछि पार्दै एमालेका सुवेदीको अग्रता


रेनु दाहाल, विजय सुवेदी र जगनाथ पौडेल

चितवन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री रेनु दाहाल गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदार बनेकोले आम नागरिकको विशेष चासोको विषय रहेको भरतपुर महानगरपालिकामा मतगणनाको परिणाम रोचक देखिएको छ ।

प्रारम्भिक मतगणनाको परिणाम आउँदा दाहालले निरन्तर रुपमा अग्रता कायम गरेपनि अहिले नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेका विजय सुवेदीले अग्रता कायम गरिरहेका छन् ।

१२१६२ मत गन्दा माओवादी केन्द्रकी उम्मेदवार रेनुलाई एमालेका सुवेदीले ३७ मतले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४१८१ मत प्राप्त गरेका छन् भने दाहालले ४१४४ मत ल्याएकी छन् । त्यस्तै कांग्रेसका बागी भएर स्वतन्त्र रुपमा उम्मेदवार बनेका जगन्नाथ पौडेलले १७५३ मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !