८ बैशाख २०८१, शनिबार

काठमाडौँ महानगर वडा नं २ मा एमालेको प्यानल विजयी


एमालेको प्यानल विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १ हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरे ।

वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी भएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

पन्ध्र हजार ५५१ मत गणना हुँदा महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले छ हजार १६ मतसहित अग्रता कायम गरिरहेका छन् । एमालेका केशव स्थापितले तीन हजार १४१, कांग्रेसका सिर्जना सिंहले दुई हजार ७८१ र राप्रपाका मदनदास श्रेष्ठले ५५३ मत प्राप्त गरेका छन् । ५१२ मत बदर भएको छ ।

उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले अग्रता कायमै राखेका छन् । डङ्गोलले छ हजार १७३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठ एक हजार ६९० र राप्रपाका बिनिता मगैयाले एक हजार ३१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले ३, ४, ५, ३१ र ३२ नं वडाको मत गणना जारी छ । वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ विजय भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !