६ बैशाख २०८१, बिहिबार

काठमाडौं महानगरमा लगभग १५ हजार मत गन्दा बालेनले ल्याए ६६९२ मत


केशव स्थापित, सिर्जना सिंह र बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह ३१३० मतान्तरसहित अगाडि रहेका छन् । काठमाडौं महानगरमा हालसम्म लगभग १५ हजार मतगणना भई सकेको छ ।

स्वतन्त्र उम्मेदवार साहले ६६९२ मत प्राप्त गर्दा नेकपा (एमाले) का केशव स्थापितले ३५६२ मत पाएका छन् । यस्तै गठबन्धनवाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३१२६ मत प्राप्त गर्दै एमालेका स्थापितलाई पछ्याउँदै छिन् ।

३ लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करिब १ लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !