१३ बैशाख २०८१, बिहिबार

काठमाडौँ महानगर (अपडेट) : बालेन केशव भन्दा लगभग दोब्बर मतले अगाडि


केशव स्थापित, सिर्जना सिंह र बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह १६७६ मतान्तरसहित लगभग दोब्बर मतले अगाडि रहेका छन् ।

स्वतन्त्र उम्मेदवार साहले ३५३२ मत प्राप्त गर्दा नेकपा (एमाले) का केशव स्थापितले १८५६ मत पाएका छन् । यस्तै गठबन्धनवाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १६६८ मत प्राप्त गरेकी छन् ।

यस्तै उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले ३३१७, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ९६२ र राप्रपाका बिनिता मगैयाले ७६२ मत प्राप्त गरेकी छन् । कामपा वडा नं १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ ।

महानगरमा ३२ वडा रहेको छ । शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो । ३ लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करिब १ लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !