७ बैशाख २०८१, शुक्रबार

काठमाडौंमा बालेनको फराकिलो अग्रता कायमै, केशवलाई पछ्याउँदै सिर्जना


केशव स्थापित, सिर्जना सिंह र बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको फराकिलो अग्रता कायमै रहेको छ । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार साहले फराकिलो अग्रता कायमै राखेका हुन् ।

स्वतन्त्र उम्मेदवार साहले ३११० मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का केशव स्थापितले १६४५ र नेपाली कांग्रेसका सिर्जना सिंहले १६०२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनामा ढिलाइ कारण आलोचना हुन थालेपछि निर्वाचन कार्यालयले गणना केन्द्र थप गरेको छ । कार्यालयले एक केन्द्र थप गरी विभिन्न छ स्थानबाट मतगणना गर्न थालेको छ । कामपा वडा नं ३१ को गणना शुरु गरिएको छ । वडा नं ३२, १, २, ३ र ४ को गणना अन्तिम चरणमा रहेको र छिट्टै विजेता घोषणा गरिने कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !