११ बैशाख २०८१, मंगलबार

सप्तरी जिल्लाका ११ स्थानमा मतगणना जारी


मतगणना सुरु फाइल फोटो

सप्तरी । सप्तरीको १८ मध्ये ११ स्थानीय तहमा मतगणना जारी रहेको छ । सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कङ्कालिनी, खडक, राजविराज, बोदे बर्साइन गरी छ नगरपालिका र तिरहुत, महदेवा, अग्निसाइर कृष्णसवरन, तिलाठी कोइलाडी र विष्णुपुर गरी पाँच गाउँपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ को दुई र रुपनी गाउँपालिका–५ को दुई मतदान केन्द्रमा विवाद भई निर्वाचन स्थगित गरिएको छ । अन्य पाँच ठाउँमा सर्वदलीय बैठकपश्चात् मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकारी रमेश जोशीले बताए ।

महादेवा र विष्णुपुर गाउँपालिकामा लोसपा नेपाल, कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टी, सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेस, अग्निसाइर कृष्णसवरण गाउँपालिकामा नेकपा (एमाले), खडक नगरपालिकामा जसपाले अग्रता लिएको छ ।

महादेवा गाउँपालिकामा लोसपाका नगर प्रमुख पदका उम्मेदवार सुनिलकुमार मण्डलले ११६, जसपाका शिवनन्दन यादवले ५३ मत प्राप्त गर्नुभएको छ । विष्णुपुर गाउँपालिकामा लोसपाका सुरेन्द्रप्रसाद यादवले १३४ र जसपा नेपालका उमेशप्रसाद यादवले ३५ मत प्राप्त गरेका छन् ।

कञ्चनरुप नगरपालिकामा जनमत पार्टीका नगरप्रमुखका उम्मेदवार इन्द्रदेव कौडगियाले ३६४ र जसपाका भोला पासवानले २६३ मत प्राप्त गरेका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीका प्रमुख पदका उम्मेदवार वीरेन्द्र माझीले २८३ र जसपाका शैलशकुमार साहले ४३ मत प्राप्त गरेका छन् ।

सप्तकोसी नगरपालिकाको प्रमुख पदमा कांग्रेसका कृष्ण ढकालले ३५०,नेकपा (एमाले)का उत्तम शर्माले १९८ मत प्राप्त गरेका छन् । अग्निसाइर कृष्णसवरन गाउँपालिकाको अध्यक्षमा एमालेका दीनानाथ चौधरीले ४०८ मत प्राप्त गरेका छन् भने कांग्रेसका पर्शुराम चौधरीको १९२ मत छ । खडक नगरपालिकामा जसपाका प्रमुख पदका उम्मेदवार हेमायु हकले ३९ र लोसपाका नुनु चौधरीले ३५ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !