१३ बैशाख २०८१, बिहिबार

दाङको राप्ती गाउँपालिका-९ मा माओवादीका मगर विजयी


नेकपा (माओवादी केन्द्र)

दाङ । स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका-९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।

७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका थिए ।

उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !