१३ बैशाख २०८१, बिहिबार

५ देखि ६ प्रतिशतसम्म मत बदर हुनसक्ने आयोगको आँकलन


निर्वाचन आयोग शालिग्राम शर्मा निर्वाचन अायाेगमा बिहीबार अायाेजित नियमित पत्रकार भेटघाटमा अायाेगले गरेका कामहरूबारे जानकारी दिंदै अायाेगका प्रवक्ता शालिग्रमाम शर्मा पाैडेल । तस्बिर, रत्न श्रेष्ठ, रासस

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत देशभर आज चुनावमा ५ देखि ६ प्रतिशतसम्म मत बदर हुनसक्ने निर्वाचन आयोगले आँकलन गरेको छ । निर्वाचनको निर्धारित समय सकिएपछि पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिंदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो बताएका हुन् ।

आयोगले स्थानीय निर्वाचन देशभर शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भएको जिकिर गरेको छ । यस्तै स्थानीय निर्वाचनअन्तर्गत आज अपरान्ह पौने ५ बजेसम्म देशभर ६० प्रतिशतको हाराहारीमा मतदान भएको आयोगले जनाएको छ ।

कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा मतदान भएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई समय सकिएपनि मतदानस्थल प्रवेश गरेर लाइनमा बसेका मतदाताले भने मतदान गर्न सक्ने आयोगले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !