७ बैशाख २०८१, शुक्रबार

देशभर शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भएको आयोगको जिकिर


निर्वाचन आयोग

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत देशभर शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भएको निर्वाचन आयोगले जिकिर गरेको छ । निर्वाचनको निर्धारित समय सकिएपछि पत्रकारहरुसंग कुरा गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो बताएका हुन् ।

केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भएको आयोगले जनाएको छ । यस्तै स्थानीय निर्वाचनअन्तर्गत आज अपरान्ह पौने ५ बजेसम्म देशभर ६० प्रतिशतको हाराहारीमा मतदान भएको आयोगले जनाएको छ ।

कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई समय सकिएपनि मतदानस्थल प्रवेश गरेर लाइनमा बसेका मतदाताले भने मतदान गर्न सक्ने आयोगले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !