१३ बैशाख २०८१, बिहिबार

आयोगले भन्यो- दिउसो ३ बजेसम्म देशभर ४५ प्रतिशत मत खस्यो


मतदान फाइल फोटो

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज दिउसो ३ बजेसम्म देशभर ४५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी रहेको छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।

कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मतदान हुन नसकेका स्थानमा छिट्टै मतदान सुरु हुने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !