८ बैशाख २०८१, शनिबार

एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान


केपी शर्मा ओलीले गरे मतदान

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । स्थानीय तहको निर्वाचनमा अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गरेका हुन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा (क) बाट मतदान उनले गरेका हुन् । अध्यक्ष ओलीसँगै आउनुभएकी उनकी धर्मपत्नी राधिका शाक्यले पनि मतदान गरेकी छन् ।

मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लोकतान्त्रिक पद्दतिअनुसार देशभर छिटफुट घटनाबाहेक शान्तिपूर्णरुपमा उत्साहजनकरुपमा मतदाताले मतदान गरेको उनले बताए । गठबन्धनकाविरुद्ध एक्लै उभिएको एमालेले गठबन्धनभन्दा बढी सिटमा विजय हासिल गर्नेे अध्यक्ष ओलीको जिकिर थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !