नेकपा एसका अध्यक्ष माधब नेपालले गरे मतदान Nepalpatraनेकपा एसका अध्यक्ष माधब नेपालले गरे मतदान
२७ श्रावण २०७९, शुक्रबार

नेकपा एसका अध्यक्ष माधब नेपालले गरे मतदान


माधब नेपालले गरे मतदान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरेका छन् ।

उनले स्थानीय तह निर्वाचन अन्तर्गत सो केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले आफूले रोजेको र खोजेको उम्मेदवारलाई निर्धक्क भई मतदान गर्न आग्रह गरे ।

यस्तै एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गृहजिल्ला इलामको सूर्योदय नगरपालिका–९ करफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !