१३ बैशाख २०८१, बिहिबार

पूर्वसभामुख कृष्णबहादुर महराले गरे मतदान


कृष्णबहादुर महरा मतदान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उनले मताधिकार प्रयोग गरेका हुन् ।

यस्तै पूर्वसभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित उदय माध्यामिक विद्यालयबाट मतदान गरेका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिकाको जौवारीस्थित परोपकार आदर्श माध्यामिक विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।

माओवादी नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिकास्थित रामप्रसाद मावि केन्द्रबाट मतदान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !