१३ बैशाख २०८१, बिहिबार

काठमाडौँ महानगर प्रमुखकी उम्मेदवार सिर्जना सिंहले गरिन् मतदान


सिर्जना सिंहले गरिन् मतदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छन् । नेपाली कांग्रेसका उम्मेदवार उनले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरकी हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले काठमाडौँको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताइन् ।

कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरकी हुन् । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई आग्रह गरिन् । उनले भनिन्, “ गठबन्धन देशको आवश्यकता हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !