११ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे मतदान


राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे मतदान

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गरेका छन् । उनले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिनअघि नै आफ्नो गाउँ पुगेका थिए । सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !