४ बैशाख २०८१, मंगलबार

पैसा बाँडेको भन्दै प्रहरीद्वारा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ


अध्यक्ष अन्सारी पक्राउ

जनकपुर । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन् । मतदातालाई रकम बाँडेको भन्दै आज बिहान उनलाई धनुषा प्रहरीले प्रकाउ गरेको हो ।

अन्सारीलाई जनकपुरधामस्थित सीतासरण होटेलबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई सीतासरणको कोठा नम्बर–३०५ बाट नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताएको छ ।

पक्राउ परेका अन्सारीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषाको कार्यक्षमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अध्यक्ष अन्सारीले मौन अवधिको समयमा पैंसा बाडिरहेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !