१२ बैशाख २०८१, बुधबार

एमालेलाई काउन्टर दिन कांग्रेसले पनि आज पत्रकार सम्मेलन गर्दै


डा. प्रकाशशरण महत फाइल फोटो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई काउन्टर दिन आज पत्रकार सम्मेलन गर्दै छ । कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर पत्रकार सम्मेलन गर्न लागेको हो ।

आज बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टीले पत्रकार सम्मेलन गर्न लागेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । काँग्रेसले निर्वाचनको तयारीलगायत विषयमा जानकारी दिन र मतदातालाई अपिल गर्न पत्रकार सम्मेलन गर्न लागेको हो ।

हिजो आइतबार एमाले केन्द्रीय पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले ६७ बुँदे अपिल सार्वजनिक गर्दै आम मतदातासंग एमालेलाई जिताउन अपिल गरेका थिए ।

यस्तै ओलीले काँग्रेसमाथि गम्भीर आरोप समेत लगाएका थिए । यसरी काँग्रेसले पनि एमालेलाई काउन्टर दिन आज पत्रकार सम्मेलन गर्न लागेको हो ।

भोलि रातिबाट मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा निर्वाचन आचारसंहिता अनुसार राजनीतिक कार्यक्रम गर्न नपाइने भएकोले सोअघि नै दलहरुले आफ्ना मतदातासमक्ष अपिल गर्न लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !