१३ बैशाख २०८१, बिहिबार

ज्योतिषीले असार १७ पछि सत्ता गठबन्धन रहँदैन, टुट्छ भनेका छन् : अध्यक्ष ओली


केपी शर्मा ओली sf7df8f}F, @% j}zfv M kqsf/ ;Dd]ngdf cWoIf cf]nL g]skf -Pdfn]_n] nlntk’/sf] Rof;nl:yt kf6L{ sfof{nodf cfOtaf/ lgjf{rgsf] ;Gbe{df cfof]hgf u/]sf] kqsf/ ;Dd]ngnfO{ ;Daf]wg ub}{ cWoIf s]kL zdf{ cf]nL . tl:a/ M rGb|snf If]qL÷/f;;

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्योतिषीले असार १७ गतेपछि सत्ता गठबन्धन नरहने, टुट्ने भनेको टिप्पणी गरेका छन् ।

एमालेले आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयको मनमोहन स्मृति हलमा जारी पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यो गठबन्धन बढीमा असार १७ सम्मसम्म मात्र जाने बताएका हुन् ।

असार १७ गतेपछि गठबन्धन नरहने कुरा ज्योतिषीले बताएको खुलासा गरेका हुन् । ओलीले बैशाख ३० पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलका लागि सबैभन्दा ठूलो खड्को भएको बताएका छन् ।

अध्यक्ष ओलीले धेरै ज्योतिशहरूले भनेकाको आधारमा गठबन्धनका लागि ठूलो खड्को भनको बैशाख ३० भएकोले असारसम्म पनि गठबन्धन नटिक्ने ठोकुवा गरेका छन् । उनले ज्योतिषीहरूले गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो वैशाख ३० हो भनेका बताएका छन् ।

तर कस्तो दिन जुराएर निर्वाचन मिति तोके छन् ? भनेर ओलीले प्रश्न समेत गरेका छन् । ओलीले ज्योतिषीहरूले भनेको आधारमा गठबन्धनलाई ढाँड नै भाँचिने गरी क्षति हुने संकेत गरे । उनले आफूले भनेका कुरामा विश्वास नभए प्रधानमन्त्री शेरबहादुर देउवालाई भन्न समेत आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !