७ बैशाख २०८१, शुक्रबार

ओलीले गरे चुनावमा एमालेलाई जिताउन यस्तो अपिल (पूर्णपाठसहित)


पत्रकार सम्मेलन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा एमालेलाई जिताउन आम नागरिकलाई अपिल गरेका छन् ।

एमालेले आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयको मनमोहन स्मृति हलमा पत्रकार सम्मेलनमार्फत अध्यक्ष ओलीले आम मतदातालाई आसन्न स्थानीय निर्वाचनमा विजय गराउन अपिल गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वको तत्कालिन सरकारले गरेका महत्वपूर्ण कामहरुको शृंखलाबद्ध सूचीको ठेलीलाई स्मरण गर्दै नेपालको विकास र सम्वृद्धिको लागि सूर्य चिन्हमा मतदान गरेर एमालेलाई विजय गराउन आग्रह गरेका हुन् ।

उक्त अपिलमार्फत ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले गरेको कामको कडा शब्दमा आलोचनागरेका छन् भने आफू नेतृत्वको अघिल्लो सरकारले गरेका कामको गुणगान गाएका छन् ।

ओलीले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गति लिइरहेको बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप लगाएका हुन् । ओलीले कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाएका छन् ।

ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको बताएका हुन् । ओलीले हालै जारी भएको कांग्रेसको चुनावी घोषणापत्रले पनि कांग्रेसले विकास नचाहने कुराको पुष्टि गर्ने बताएका छन् ।

यस्तो छ हेर्नुहोस् ओलीले मतदातालाई गरेको अपिलको पूर्णपाठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !