८ बैशाख २०८१, शनिबार

भरतपुरमा गठबन्धनको सभा हुने, देउवा, प्रचण्ड र माधवले सम्बोधन गर्ने


शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले चितवनको भरतपुरमा संयुक्त सभा गर्ने भएका छन् । भरतपुरमा वैशाख २२ गते हुने संयुक्त सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका हुन् ।

आगामी वैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले भरतपुरस्थित हाकिम चोकमा सभा गर्न लागेको हो । उक्त सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै उक्त कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरू पनि सहभागी हुने भएका छन् ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रचण्ड पुत्री माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार रहेका छन् ।

भरतपुर महानगरलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेवीच जुँगाको लडाई हुनुको साथै प्रतिष्ठाको विषय बनाएकोले दुवैले चुनाव जित्नुपर्ने बाध्यता पनि रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !