८ बैशाख २०८१, शनिबार

स्थापितविरुद्ध वक्तव्य निकाल्ने ४५ संस्थालाई २४ घण्टाभित्र हटाउन आयोगको निर्देशन


निर्वाचन आयोग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फवाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितविरुद्ध वक्तव्य निकाल्ने ४५ वटा गैर सरकारी संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

एमालेको तर्फवाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार स्थापितलाई स्पष्टीकरण सोधेको आयोगले उनको उम्मेदवारी रद्दको माग गर्ने ४५ वटा संस्थालाई पनि आयोगले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणसहित उनीहरुले निकालेको विज्ञप्ति २४ घण्टाभित्र हटाउन समेत आयोगले निर्देशन दिएको छ । स्थापितलाई कारबाहीको माग गर्दा व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरुसँग स्पष्टीकरण सोधेको हो ।

आयोगले काठमाडौंको मेयरका एमाले उम्मेदवार स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र हटाउन र तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न गैरसरकारी संस्था ओरेकलाई निर्देशन दिएको हो ।

यस्तै आजै सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहार सम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले केहि दिनयता स्थापितले दिएको अभिव्यक्तिलाई लिएर चित्तबुझ्दो जवाफसहित स्पष्टीकरण सोधेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिका विषयमा जवाफ माग गरिएको बताए ।

मेयरका उम्मेदवार स्थापितले धुम्बाराहीमा वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । यस्तै, काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !