१३ बैशाख २०८१, बिहिबार

बागी उम्मेदवारी र अन्य दलसँगको गठबन्धन खारेज नभए कारबाही गर्ने गठबन्धनको निर्णय


सत्ता गठबन्धन बैठक

काठमाडौं । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले तीनबटा निर्णय गरेको छ । बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखमा गठबन्धनको सहमति विपरित भएको उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ ।

बैठकले सहमति विपरित स्वतन्त्र रुपमा दर्ता भएको उम्मेदवारी फिर्ता लिने पनि निर्णय गरेको छ । पाँच दलीय गठबन्धनबाहेक स्थानीय तहहरुमा अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने र गठबन्धन भए सम्बन्धीत पार्टीले कारबाही गर्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !