७ बैशाख २०८१, शुक्रबार

बागी उम्मेदवारी फिर्ता गर्न गृहमन्त्रीपछि राज्यमन्त्री श्रेष्ठ पुगे चितवन


उमेश श्रेष्ठ

भरतपुर । राज्यमन्त्री उमेश श्रेष्ठ बिहीबार बिहान चितवन पुगेका छन् । चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र (बागी) उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडलको उम्मेदवारी फिर्ता लिन गठबन्धनले पहल गरिरहेको छ ।

यसअघि गृहमन्त्री बालकृष्ण खाणसमेत पौडेलको उम्मेदवारी फिर्ताको ‘पहल गर्न’ भरतपुर पुगेका थिए । भरतपुर आएलगत्तै राज्यमन्त्री श्रेष्ठ बागी उम्मेदवार पौडेललाई भेट्न उनको निवास पुगेका छन् । भरतपुर-७ कृष्णपुरस्थित निवासमा राज्यमन्त्री श्रेष्ठले पौडेलसँग छलफल गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !