७ बैशाख २०८१, शुक्रबार

ओलीलाई बालकोटमै गएर ट्युसन पढाउन चाहन्छु : गगन थापा


गगन थापा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमै गएर ट्युसन पढाउन चाहेको बताएका छन् ।

आज बुधबार स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका विषयक कार्यक्रममा बोल्दै महामन्त्री थापाले फुर्सद भएको बेला ओली निवास बलाकोटमै पुगेर ओलीलाई ट्युसन लिन चाहेको बताएका हुन् ।

आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गरेका छन् । घोषणा पत्रमार्फत् नेकपा नेतृत्व सरकारको आलोचना गरेपछि केपी शर्मा ओली सन्केर पागल भनेको बताएका छन् ।

हिजो मंगलबार एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा कांग्रेसको घोषणापत्रमाथि टिप्पणी गर्दै ‘पागलहरुको प्रलाप’ भनेका थिए । ओलीले काँग्रेसको चुनावी संकल्पलाई ओलीले बकवास र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेपछि थापाले ओलीलाई मुखभरीको जवाफ दिएका हुन् ।

उनले आफ्नो पार्टी काँग्रेसको घोषणापत्रमा सत्य तथ्य कुरा लेखेको समेत दावी गरे । उनले केपी ओली सन्केको बेला पागल भन्ने गरेको टिप्पणी गरे ।ओलीलाई रिस उठ्यो भन्दैमा काँग्रेसले कालोलाई सेतो र गलतलाई सही हो भनेर नभन्ने उनले बताए ।

थापाले केपी ओलीलाई रिस उठ्यो भनेर आफूले कहिले पनि झुटो नबोल्ने बताएका छन् । उनले बढी सनकमा जाँदा शरीरलाई असर पर्ने भन्दै त्यसो नगर्न आग्रह गरे । उनले ओलीलाई लजिक नभइ म्याजिकमा विश्वास राख्ने मानिस भएको समेत आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !