प्रधानमन्त्री देउवाको 'दूत' बनेर चितवन पुगे गृहमन्त्री खाण Nepalpatra प्रधानमन्त्री देउवाको 'दूत' बनेर चितवन पुगे गृहमन्त्री खाण
१५ असार २०७९, बुधबार

प्रधानमन्त्री देउवाको ‘दूत’ बनेर चितवन पुगे गृहमन्त्री खाण


बालकृष्ण खाँण

भरतपुर । भरतपुर महानगरपालिकामा स्वतन्त्र (बागी) उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडलको उम्मेदवारी फिर्ता लिने विषयमा पहल गर्न सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण चितवनको भरतपुर पुगेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको ‘दूत’ बनेर खाण भरतपुर पुगेका हुन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खाणले असन्तुष्टलाई सम्झाउन आफू चितवन आएको बताए ।

गृहमन्त्री खाँडले बागीलाई मिलाउन मैले प्याकेज नल्याएकोक र मन लिएर आएको बताए । उनले भने, “म उहाँहरूलाई सम्झाउँछु। उहाँहरूले केन्द्रको निर्णय मान्नुहुन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !