१२ बैशाख २०८१, बुधबार

एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने सत्ता गठबन्धनको निर्णय


सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनले प्रतिपक्षी दल एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । गठबन्धनको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय भएको छ ।

त्यस्तैगरी सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !