१३ बैशाख २०८१, बिहिबार

दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई माधव र प्रचण्डले फुटाएर ध्वस्त पारे : ओली


केपी ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही दुष्ट र स्वार्थीहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।

आज मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरुले फुटाएर ध्वस्त पार्ने प्रयास भएको आरोप लगाए ।

अध्यक्ष ओलीले विगतमा पुष्पलाल र मनमोहनलाई पनि यस्तै षड्यन्त्रपूर्ण ढङ्गले हटाइएको भन्दै रायमाझी पथमा माधव प्रचण्ड लागेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !