७ बैशाख २०८१, शुक्रबार

पोखराको मेयरमा कांग्रेस नेता सापकोटाले दिए स्वतन्त्र उम्मेदवारी


पोखरा महानगरपालिका

पोखरा । नेपाली कांग्रेसका नेता ऋषि सापकोटाले पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

नेता सापकोटाले गठबन्धनका नाममा पोखराका मतदातालाई अन्य पार्टीको चुनाव चिह्नमा मत दिन बाध्य पारेको भन्दै उम्मेदवारी दिएको बताए ।

पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई परेको छ । त्यसबाट असन्तुष्ट कांग्रेसका कतिपय नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !