१३ बैशाख २०८१, बिहिबार

पोखराको मेयरमा एमालेका कृष्ण थापाले गरे उम्मेदवारी दर्ता


कृष्ण थापा

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेवाट कृष्ण थापाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपमेयरमा एमालेवाटै मञ्जुदेवी गुरुङले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेवाट पोखराको मेयर र उपमेयरमा उनीहरु दुवै जनाले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेले पोखरा महानगरपालिकाको मेयरमा थापा र उपमेयरमा गुरुङलाई उम्मेदवार बनाएको थियो ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयनको आज दोस्रो तथा अन्तिम दिन हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !