४ बैशाख २०८१, मंगलबार

ललितपुरको मेयरमा एमालेका हरिकृष्ण व्यञ्जनकारले गरे उम्मेदवारी दर्ता


हरिकृष्ण व्यञ्जनकार र मञ्जली शाक्य

काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेवाट हरिकृष्ण व्यञ्जनकारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा एमालेवाटै मञ्जली शाक्य (आस्था) ले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेवाट ललितपुरको मेयर र उपमेयरमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि उनीहरु दुवैले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद लिएका थिए ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयनको आज दोस्रो तथा अन्तिम दिन हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु