७ बैशाख २०८१, शुक्रबार

केशव स्थापित भन्छन्- गठबन्धनभन्दा दोब्बर मत ल्याएर जित्छु


केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेवाट केशव स्थापितले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौँको राष्ट्रियसभा गृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेवाट काठमाडौंको मेयरमा उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

एमालेबाट काठमाडौँ महानगरमा उम्मेदवारी दर्ता गराएका नेता स्थापितले निर्वाचनमा गठबन्धनभन्दा डबल भोट ल्याएर जित्ने दाबी गरेका छन् । यस्तै उनले आफू प्रमाणित मान्छे भएकोले आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर मत ल्याउएर निर्वाचित हुने दाबी गरेका हुन् ।

उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै स्थापितले भने, “गेम इज ओभर । यसअघि ८४ हजार ६ सय भोट ल्याएको थिएँ । अहिले मतदाता संख्या बढेको छ । गठबन्धनको डबल ल्याउछु लेखेर राख्नुहोला । होटेल एलोप्योगाडामा आउनुहोस्, सबै छर्लङ्ग हुन्छ ।”

उनले भने, ‘म प्रमाणित मान्छे हुँ ।’ गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर भोट ल्याएर जित्ने उनको दाबी छ । ‘गठबन्धनको डबल, लेखेर राख्नुस्,’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !