७ बैशाख २०८१, शुक्रबार

विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार


सागर थापा

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापालाई उम्मेदवार बनाउने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाउदै टिकट थापालाई दिएको हो ।

थापा विद्यार्थी राजनीतिबाट आएका हुन् । यस्तै विराटनगरको उपमेयरमा एमालेले शिल्पा कार्कीलाई उम्मेदवार बनाएको छ । विराटनगरको मेयरमा राप्रपाबाट प्रल्हाद साह, अन्य साना दल र स्वतन्त्र उम्मेदवार पनि हुनेछन् । आइतबार तीन जनाले उम्मेदवारी दर्ता गरेका थिए ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयनको आज दोस्रो तथा अन्तिम दिन हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !