८ बैशाख २०८१, शनिबार

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे उम्मेदवारी दर्ता


धनगढी । गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । हमालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि हमालले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानका साथ आफूले मेयर पदमा उम्मेदवारी दिएको बताए । नगरबासीले जिताउनेमा विश्वस्त रहेको जनाए ।

धनगढीबासीले यहाँको विकासका लागि जुुन चाहना राखेका छन् त्यसलाई पूरा गर्ने प्रतिनिधि पात्रका रुपमा आफू आएको उनले बताए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !