८ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठक आज बस्दै


सत्ता गठबन्धन बैठक

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजे बैठक बस्ने भएको हो ।

आज बस्न लागेको गठबन्धनका शीर्ष नेताको बैठकले आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकअघि आजै बिहान ९ बजे गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक पनि बस्ने भएको छ ।

चुनावी समितिको बैठकले दिएको सुझावका आधारमा गठबन्धनका शीर्ष नेताहरुको बैठकले निर्णय लिने बालुवाटार स्रोतले जानकारी दिएको छ । उक्त बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिने र निर्णय लिइने भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !