७ बैशाख २०८१, शुक्रबार

गृहमन्त्री खाणद्वारा निर्वाचन सुरक्षाबारे जानकारी


बालकृष्ण खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका बेला अपनाउने सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिएका छन् ।

गृहमन्त्री खाणले आज नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन् ।

गृहमन्त्री खाणले नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुखहरू अरुणकुमार बिसी, मसुद आलम खाँ, पूजा सिंह, दिवस लोहनी, नलप्रसाद उपाध्याय, गणेश ऐर र मोहन आचार्यसँग निर्वाचनको मनोनयनका बेला अपनाइने सुरक्षा प्रबन्धबारे जानकारी लिएका हुन् ।

यस्तै उनले सशस्त्र प्रहरी बलका प्रदेश प्रमुखहरू कमलराज गिरी, गणेश ठाडा मगर, किशोर प्रधान, शम्भु सुवेदी, कुलबहादुर नेम्बाङ, अभि खत्री र दुर्गाप्रसाद भट्टराईसँग पनि सुरक्षा अबस्थाबारे जानकारी लिएका थिए ।

गृहमन्त्री खाणले त्यस क्रममा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिएका थिए । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको समय वैशाख ११ र १२ गते छुट्याएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !