अध्यक्ष ओलीद्वारा एमालेको नयाँ पार्टी कार्यालयकाे उद्‍घाटन Nepalpatra अध्यक्ष ओलीद्वारा एमालेको नयाँ पार्टी कार्यालयकाे उद्‍घाटन
१९ असार २०७९, आइतबार

अध्यक्ष ओलीद्वारा एमालेको नयाँ पार्टी कार्यालयकाे उद्‍घाटन


अध्यक्ष ओलीद्वारा एमालेको नयाँ पार्टी कार्यालयकाे उद्‍घाटन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नयाँ पार्टी केन्द्रीय कार्यालयमा सारेको छ । काठमाडौँको थापाथलीमा रहेको एमालेको पुरानो पार्टी कार्यालयवाट ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा रहेको नयाँ पार्टी कार्यालयमा सरेको हो ।

एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिष्ट पार्टीको ७४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका बीच नयाँ पार्टी कार्यालयको उद्‍घाटन गरेका हुन् ।

एमालेले उक्त तुल्सीलाल प्रतिष्ठानको पुरै भवन भाडामा ५ वर्षका लागि भाडामा लिएको हो । यसअघि एमालेले उक्त भवनमा पार्टीका बैठकहरु गर्दै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !