४ बैशाख २०८१, मंगलबार

एमालेले स्थानीय चुनावमा कांग्रेस र माओवादीसँग पनि तालमेल गर्न सक्ने


एमाले सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस र माओवादीसँग पनि तालमेल हुन सक्ने निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहमा गठबन्धनका ठूला तीन दलहरुमध्ये नेकपा (एकीकृत समाजवादी) वाहेक काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुन सक्ने निष्कर्ष निकालेको हो ।

आजको केन्द्रीय सचिवालय बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले महानगर र उपमहानगरमा कांग्रेस र माओवादीसँग पनि सहकार्य गर्न सकिने निष्कर्ष निकालेको बताए ।

उनका अनुसार एमालेले समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि सहकार्य गर्न सक्ने बताए । यस्तै उनले गण्डकी प्रदेश सरकार जुनसुकै बेला सरकार ढल्न सक्ने अवस्थामा रहेकोले पोखरा महानगरको हकमा प्रदेशसभा सदस्यलाई स्थानीय निर्वाचनमा उम्मेदवार नबनाउने समेत जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !