६ बैशाख २०८१, बिहिबार

काँग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले बोलाएको काँग्रेसका शीर्ष नेताहरुको छलफल जारी छ ।

सत्ता गठबन्धनभित्र महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँट भएपछि नेपाली काँग्रेस आन्तरिक छलफलमा जुटेको हो ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा ३ बजेपछि सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला लगायत सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !