१२ बैशाख २०८१, बुधबार

सत्ता गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने, कुन प्रदेशमा कहिले ?


सत्ता गठबन्धनको निर्वाचन समिति फाइल फोटो

काठमाडौं । सत्तारुढ गठबन्धनको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ ।

बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो । एक नेताका अनुसार चुनावी सभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

एक नेताका अनुसार २२ गते वागमतीको काठमाडौंमा संयुक्त आमसभा हुनेछ । त्यस्तैगरी १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेशको जनकपुर र प्रदेश १ को विराटनगर संयुक्त आमसभा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु