१२ बैशाख २०८१, बुधबार

सगरमाथा अक्सिजन प्लान्ट विस्फोटबारे तत्काल छानबिन गर्न गृहमन्त्रीको निर्देशन


बालकृष्ण खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटबारे तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले गृहसचिव, ललितपुरका प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख र सशस्त्र प्रहरीका ललितपुर प्रमुखलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् ।

विस्फोटबाट एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते र पाँचजना सामान्य घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !