११ बैशाख २०८१, मंगलबार

ओली निवास बालकोटमा एमालेको सचिवालय बैठक आज बस्दै


एमाले सचिवालय बैठक बालकोट फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । एमालेले सचिवालय बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बस्ने भएको हो ।

आज बस्न लागेको बैठकमा स्थानीय तह निर्वाचनका लागि देशभरका ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने बताइएको छ । आज बस्ने सचिवालय बैठकले महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउने एमालेको तयारी रहेको छ ।

पाँच दलीय सत्ता गठबन्धनका दलहरुले महानगर र उपमहानगरको भागबण्डा टुंग्याएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल एमालेको सचिवालय बैठक बस्न लागेको छ ।

यसअघि नै बसेको सचिवालय बैठकले एमालेको चुनावी घोषणापत्रको मस्यौदालाई अनुमोदन गरिसकेको छ । यस्तै आजै सचिवालय बैठकअघि बिहान ११ बजे ए वान पार्टी प्यालेस शंखमुलमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को बैठक पनि बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !