१३ बैशाख २०८१, बिहिबार

ओली निवास बालकोटमा एमालेको सचिवालय बैठक जारी


एमाले सचिवालय बैठक बालकोट फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । एमालेले सचिवालय बैठक एक घण्टाअघि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी रहेको हो ।

बैठकमा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारी, पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्र लगायत विषयमा छलफलका विषयमा छलफल भइरहेको छ ।

एमालेले यसअघि नै महानगर र उपमहानगरका मेयर उपमेयर केन्द्रबाट निर्णय गरेर उम्मेदवार बनाउने बताएको छ भने नगर र पालिकामा सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला र प्रदेशले निर्णय गर्नेगरी निर्णय गरेको छ ।

आज एमालेको सचिवालय बैठक बस्नुअघि केन्द्रीय कार्यालयको बैठक पार्टी कार्यालय, थापाथलीमा बसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !