१२ बैशाख २०८१, बुधबार

एमालेद्वारा काठमाडौंको मेयरमा पूर्वमन्त्री एवं मेयर स्थापितलाई अघि सार्ने तयारी


keshav

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं महानगरको मेयरमा केशब स्थापितलाई अघि सार्ने तयारी गरेको छ ।

एमोलेले मेयरमा अहिलेका मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य रामवीर मानन्धर, केशब स्थापित, निर्मला देउला र ईन्दिरा पन्तसहित पाँच जनाको नाम सिफारि गरेको छ ।

एमाले महानगर कमिटिको गत बुधबार बसेको बैठकले यी पाँच जनाको नाम मेयरमा सिफारिश गरेको थियो ।

तर, पछिल्लो समय एमाले नेतृत्वले भने मेयरमा यसपटक स्थापितलाई अघि सार्ने तयारी गरेको विशेष सुत्रले जनाएको छ । स्थापित काठमाडौं महानगरमा निकै नै चर्चित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !