८ बैशाख २०८१, शनिबार

मन्त्री रेग्मी पाँच दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज


उमा रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी डिस्चार्ज भएकी छन् । काठमाडौंको वीर अस्पतालमा पाँच दिन टाउकोमा जमेको रगतको उपचारपछि आइतबार साँझ डिस्चार्ज भएकी हुन् ।

डिस्चार्जपछि मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिइन् । मन्त्री रेग्मीलाई चिकित्सकले १ हप्ता निवासमै आराम गर्न सुझाव दिएको मन्त्री निकट एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !