१३ बैशाख २०८१, बिहिबार

राप्रपा नेपालका चितवन जिल्ला अध्यक्षको घरमा गए राति तोडफोड


राप्रपा नेपाल चुनाव चिन्ह तीर

काठमाडौं । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्षको भरतपुर महानगरपालिका–५ स्थित खरालको निवासमा तोडफोड भएको छ । अध्यक्ष विष्णु खरालको घरमा गए राति तोडफोड भएको हो ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले घटनाको भर्त्सना गर्दै छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग पनि गरेका छन् ।

बर्तौलाले सामाजिक सञ्जालमा लेखेका छन्, “राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको भरतपुर महानगरपालिका वडा नम्बर–५ स्थित निवासमा गए राति भएको आक्रमणको घोर भर्त्सना र निन्दा गर्दछु । स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गरोस् । राजनीतिक प्रतिशोधका कारण भएको भए त्यो झन् अक्षम्य छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !