१३ बैशाख २०८१, बिहिबार

ओलीको गृह जिल्ला झापामा सत्ता गठबन्धन र राप्रपाबीच तालमेलको तयारी


केपी शर्मा ओली फाइल फोटो

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा सत्ता गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको तयारी छ ।

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरु र राजेन्द्र लिङ्देन नेतृत्वकाे राप्रपाबीच तालमेल हुने भएको हो । गठबन्धन र राप्रपाले स्थानीय निर्वाचनमा चुनावी तालमेल गरेर अध्यक्ष ओलीलाई नैतिक दवाव सिर्जना गर्ने रणनीति अपनाएका हुन् ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले एमालेको चुनाव चिन्हबाट लड्नेगरी गठबन्धन गर्ने निर्णय गरेलगतै लिङ्देन नेतृत्वको राप्रपाले प्रदेश १ मा सत्ता गठबन्धनसँग तालेमलका लागि प्रस्ताव गरेको थियो । यद्यपि चुनावी तालमेलका लागि भद्र सहमति भइसकेतापनि हस्ताक्षर गर्न बाँकी रहेकाे गठबन्धनका एक नेताले बताएका छन् ।

सत्ता गठबन्धन र राप्रपाबीच तालमेलको लगभग सहमति जुटेको गठबन्धनका एक नेताले बताए । चुनावी तालमेल हुँदा दमकमा गठबन्धनले राप्रपालाई सघाउने र अरू पालिकामा राप्रपाले गठबन्धनका उम्मेदवारलाई सघाउने सहमति भएको ती नेताले बताए । हिजो शनिबार विराटनगरमा सत्ता गठबन्धनको प्रदेश १ स्तरीय बैठक बसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !